Thursday, February 5, 2015

Buddha Chitta Mala



बोधिचित्त माला (बोलीचालीमा बुद्धचित्त) तामाङ समुदाय विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति  हो खास गरी परापुर्वकाल देखी काभ्रेको तिमाल क्षेत्रमा मात्रा यसको रुख पाइंदो रहेछ यसको प्रयोग महत्व बारे हाल आएर व्यापक चर्चा भईरहदा उच्चा बजारमूल्यले गर्दा  किसान व्यवसायीलाई  अत्यन्तै फाईदा भै}रहेको अत्यादिक माग र उच्चा मुल्यको कारण व्यवसायिक खेति तथा सौख र आम्दनीका लागि गमलामा पनि रोप्न सकिने भएकोले विरुवा उत्पादन गरी धमाधम ब्रिक्री गरिरहेका छौ । 



खेती प्रविधी: बोधिचित्त मालाको विरुवा समशितोष्ण भुभाग (४०० मि. देखी २००० मि.) मा लगाउन सकिन्छ । नयाँ पलुवा र जरा आउनु भन्दा अगाडि रोपीएको विरुवा सप्रिने र राम्रो हुनका साथै छिटो फल्ने हुन्छ । तर पनि उचित हेरचाह गरेमा साउन सम्म पनि रोप्न सकिन्छ । यस विरुवालाई ठुलो गमलामा आवश्यक मलजल सहित रोप्न सकिन्छ भने जमिनमा धेरै संख्यमा रोप्दा ५ मिटरको दुरी कायम गरी रोप्नु पर्छ । यसको वोटमा रोपेको ३/४ वर्ष देखी दाना फल्न शुरु हुन्छ । 


बजार मुल्य: बोधिचित्त मालाको बजार मूल्य यसको प्रकार र साइज अनुसार निर्धारण हुन्छ । हाल फली रहेको प्रकार अनुसार ३ देखी ७ मुखे सम्मको मुल्य प्रती गोटा रु. ४ सय देखी ४ लाख सम्मा पर्छ । त्यसै गरी दुई मुखे मालाको भने साइज अनुसार मुल्या हुन्छ; ७ मिमी को १०८ गेडा (एक माला) रु. ४ लाख पर्छ भने साइज बढ्दै जांद मुल्य कम हुंदै जान्छ । अन्त्यममा सबभन्दा ठुलो साइजको माला भने पाथिमा बेचिन्छ । बजारमा १ पाथिको मुल्य रु. २५ हजार सम्मा पर्छ ।


विरुवाको लागि संपर्क:
कर्ण लामा             ९८४१५२९७४७ 
क्षेत्रपाटी, काठमण्डौ
Email: himyetiland@gmail.com

 
        Bodhichita mala (Buddha Chitta Mala)